काठमाडौं । चर्चित दोहोरी गायक श्याम राना मगर र गायिका प्रीति आले मगरको नयाँ लोकदोहोरी गीत ‘हो कि होइन’ सार्वजनिक भएको छ।
‘हो कि होइन’ बोलको गीत श्याम रानाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतमा राजेश नेपालीको शब्द तथा विश्वास नेपालको संगीत र एरेन्ज रहेको छ।
ओजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा श्याम राना मगर र प्रीति आले मगरले अभिनय गर्नुभएको छ।
मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा दुवै कलाकारको रमाइलो नृत्य र अभिनय देख्न सकिन्छ।
भिडियोको छायांकन दुर्गा पौडेलले गर्नुभएको छ भने नवीन घर्ती मगरले सम्पादन गर्नुभएको छ ।
(भिडियो हेर्नुहोस्)
https://www.youtube.com/watch?v=FyWklpokK1I&list=RDFyWklpokK1I&start_radio=1