बिहीबारदेखि हुँदैछ देशका यी स्थानमा भारी वर्षा

बिहीबारदेखि हुँदैछ देशका यी स्थानमा भारी वर्षा

२०८३, कार्तिक ९ आइतवार

  • 273
    SHARES

  • बिहीबारदेखि हुँदैछ देशका यी स्थानमा भारी वर्षा

    काठमाडौँ । आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ। बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको मौसमविद् विनोद पोखरेलले बताए।

    उनका अनुसार हालको पूर्वानुमानअनुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने देखिन्छ। उनले काठमाडौँ, मनाङ लगायतका जिल्ला पनि भारी वर्षाको सम्भावना देखिएको जानकारी दिए।

    यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा अझै परिवर्तन हुनसक्छ। उनले किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीहरूले विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।

    २०८३, कार्तिक ९ आइतवार०८:१५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार