बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

२०७७, माघ १५ बिहिवार

  • 3.2K
    SHARES

  • बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

    माघ १५, याउन्डे ।

    यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।     

    पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् । 

    “दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने । 

    स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो । 

    देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ । 

    सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ । -एजेन्सी ।  

    २०७७, माघ १५ बिहिवार०७:२६:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार