आज नेकपा दहाल समुहको केन्द्रीय समितिको बैठक बस्दै

आज नेकपा दहाल समुहको केन्द्रीय समितिको बैठक बस्दै

२०७७, माघ १९ सोमवार

  • 1.3K
    SHARES

  • आज नेकपा दहाल समुहको केन्द्रीय समितिको बैठक बस्दै

    माघ १९, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

    सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो । 
     
    बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।

    यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आइतवार माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो ।

    धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

    २०७७, माघ १९ सोमवार०७:२५:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार