पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

२०७७, मंसिर १८ बिहिवार

  • 1.4K
    SHARES

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

    मंसिर १८,इस्लामाबाद । 

     पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । 

    उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । 

    जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री हुन् । 

    प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन् । 

    बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए । तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त  भएका हुन् ।  - एजेन्सी

    २०७७, मंसिर १८ बिहिवार१२:०४:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार