मंसिर १८, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १ हजार ३४३ जना संक्रमित पुष्टि भएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ ।
हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १ हजार ५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।