रुसमा कोरोनाभाइरसबाट एकैदिन २८ हजारभन्दा बढी सङ्क्रमित

रुसमा कोरोनाभाइरसबाट एकैदिन २८ हजारभन्दा बढी सङ्क्रमित

२०७७, मंसिर १९ शुक्रवार

  • 1.8K
    SHARES

  • रुसमा कोरोनाभाइरसबाट एकैदिन २८ हजारभन्दा बढी सङ्क्रमित

    मंसिर १९, मस्को । 

    रुसमा कोरोनाभाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । 

    यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ । 

    यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । “पछिल्लो २४ घण्टामा रुसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या २८ हजार १४५ थपिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् । 

    थपिएका सङ्क्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरुले जनाएका छन् । यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो । 

    कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ ।- एजेन्सी । 

    २०७७, मंसिर १९ शुक्रवार०६:४४:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार