कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

२०७७, माघ २६ सोमवार

  • 1.9K
    SHARES

  • कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

    माघ २६, वीरगञ्ज ।
    नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र  लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताए । 

    सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए । 

    उनले कांगे्रस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी  तयार रहेको बताए । 

    २०७७, माघ २६ सोमवार०४:२६:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार