सर्वोच्च अदालतले माग्यो नेपाल नामाकरण गर्नाको कारण 

सर्वोच्च अदालतले माग्यो नेपाल नामाकरण गर्नाको कारण 

२०७७, मंसिर १९ शुक्रवार

  • 2.5K
    SHARES

  • सर्वोच्च अदालतले माग्यो नेपाल नामाकरण गर्नाको कारण 

    मंसिर १९, काठमाडौं ।

    सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामाकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ ।

    न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ दिन आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज ११ गतेको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा छोटो र सजिलो बनाउने उद्देश्यले देशको नाम नेपाल लेख्ने निर्णय गरेको थियो । 

     सरकारको उक्त निर्णय विरुद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २९ गते बोलाएको छ । 

    २०७७, मंसिर १९ शुक्रवार०६:४७:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार