चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

२०७७, मंसिर १३ शनिवार

  • 2.0K
    SHARES

  • चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

    मंसिर १३, काठमाडौं ।

    जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । 
     
    भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

    उनी आइतबार साँझ नै फर्कनेछन् ।

    २०७७, मंसिर १३ शनिवार०९:३५:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार