महिला आयोगले बुझायो भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन 

महिला आयोगले बुझायो भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन 

२०७७, फाल्गुण ६ बिहिवार

  • 2.7K
    SHARES

  • महिला आयोगले बुझायो भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन 

    फागुन ६, काठमाडौं ।

    राष्ट्रिय महिला आयोगले भागीरथी भट्टको घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ।

    राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली सहित पदाधिकारीहरुको टोली गएर तयार पारिएको बैतडी घटनाको स्थलगत प्रतिवेदन गृहमन्त्री राम बहादुर थापालाई हिजो वुधवार हस्तान्तरण गरेको हो । 

    स्थलगत प्रतिवेदनले पीडकलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याई हदै सम्म दण्ड सजाय गर्न र पिडितको परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिको सिफारिस सहित माघ २१ गते बैतडी जिल्लामा घटेको भागीरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाको छानबिन र स्थलगत अनुगमनको प्रतिवेदन बुझाएको हो ।

    स्थलगत अध्ययन र अनुगमनका लागि राष्ट्रिय महिला आयोगका आयुक्त कृष्ण कुमारी पौडेल खतिवडाको नेतृत्वमा आयोगको टोली बैतडीको दोगडाकेदार पुगेको थियो।

    २०७७, फाल्गुण ६ बिहिवार१२:२२:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार