कुलवंश प्रतिष्ठान नुवाकोटमा राजकुमार र रसुवामा उमेश  

कुलवंश प्रतिष्ठान नुवाकोटमा राजकुमार र रसुवामा उमेश  

२०७७, फाल्गुण ८ शनिवार

  • 2.3K
    SHARES

  • कुलवंश प्रतिष्ठान नुवाकोटमा राजकुमार र रसुवामा उमेश  

    फागुन ८, काठमाडौं । 

    भट्टराई कुलवंश प्रतिष्ठान नुवाकोट र रसुवा जिल्ला समिति गठन भएका छन् । 

    शनिवार बाग्मती प्रदेश समिति कार्यवाहक अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय स​द​स्य​ राजेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा दुवै जिल्लाका समितिहरु गठन भएका हुन् ।

    भेलाले राजकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नुवाकोट जिल्ला समिति गठन गरेको थियो भने उमेश भट्टराईको अध्यक्षतामा ६ सदस्यीय रसुवा जिल्ला समिति गठन गर्यो । 

    rasuwa.jpg

    उक्त कार्यक्रममा वागम​ती प्रदेशका सहसचिव जयप्रसाद भट्टराई सदस्य सुरज भट्टराई लगायत जिल्लावासी भट्टराईहरुको उल्लेखनिय सहभागिता रहेको थियो । 

    प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते हुनेछ भने केन्द्रीय महाधिवेशन चैत्र २० र २१ गते पोखरामा हुनेछ । 

    २०७७, फाल्गुण ८ शनिवार०९:५८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार