प्रदेश सरकारविरुद्ध मतदान हुन्छ : नेता सिटौला

प्रदेश सरकारविरुद्ध मतदान हुन्छ : नेता सिटौला

२०७७, फाल्गुण १० सोमवार

  • 2.1K
    SHARES

  • प्रदेश सरकारविरुद्ध मतदान हुन्छ : नेता सिटौला

    फागुन १०, मोरङ ।

    नेपाली कांगे्रसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन मोरङद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस सम्बन्धमा नेका प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने प्रस्ट पारे । 

    नेता सिटौलाले संसद् विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट छ भन्दै यसका विरुद्ध देशव्यापीरूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

    उनले संविधानबाट निर्माण भएको सर्वोच्च अदालतले यसको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यससम्बन्धी विकल्प नदिने आशा व्यक्त गरे ।

    उनले संसद् विघटनले वैधानिकता पाएमा क्रमिकरूपमा व्यवस्था समाप्त हुँदै जाने आशङ्का व्यक्त गरे । पूर्वमन्त्री सिटौलाले सर्वोच्चको फैसलापछि सङ्घीय सरकार गठनका सम्बन्धमा निर्णय हुने बताए ।  

    २०७७, फाल्गुण १० सोमवार०७:१४:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार