नेकपा विवादले देश सङ्कटमा प-योः महामन्त्री सिंह

नेकपा विवादले देश सङ्कटमा प-योः महामन्त्री सिंह

२०७७, फाल्गुण १० सोमवार

  • 2.0K
    SHARES

  • नेकपा विवादले देश सङ्कटमा प-योः महामन्त्री सिंह

    फागुन १०, बलेवा । 

    नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् ।

    प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए ।  

    “यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उनले भने, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा प-यो ।” धर्मनिरपेक्षता हटाउन र  एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

    प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उनले भने । 

    सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले गरे ।

    २०७७, फाल्गुण १० सोमवार०२:३९:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार