रु १,१०० ले उकालो लाग्यो सुनको मूल्य

रु १,१०० ले उकालो लाग्यो सुनको मूल्य

२०७७, फाल्गुण ११ मंगलवार

  • 1.8K
    SHARES

  • रु १,१०० ले उकालो लाग्यो सुनको मूल्य

    फागुन ११, काठमाडौं ।

    स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको  छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

    स्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो । 

    चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ । 

    २०७७, फाल्गुण ११ मंगलवार११:४६:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार