सभा छाडेर काठमाडौँ फर्किए अध्यक्षद्वय

सभा छाडेर काठमाडौँ फर्किए अध्यक्षद्वय

२०७७, फाल्गुण १२ बुधवार

  • 1.2K
    SHARES

  • सभा छाडेर काठमाडौँ फर्किए अध्यक्षद्वय

    फागुन १२, चितवन।

     सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्किएका छन् ।

    यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।

    प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार सो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्किएका हुन् ।

    काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाट गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम छाडेर फर्किएको अधिकारीले बताए ।

    सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दैछन् । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।

    २०७७, फाल्गुण १२ बुधवार०३:३९:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार