नोभेम्बरमा अमेरिकामा केवल दुई लाख ४५ हजार रोजगारी थपिएको सरकारी दावी

नोभेम्बरमा अमेरिकामा केवल दुई लाख ४५ हजार रोजगारी थपिएको सरकारी दावी

२०७७, मंसिर २० शनिवार

  • 1.8K
    SHARES

  • नोभेम्बरमा अमेरिकामा केवल दुई लाख ४५ हजार रोजगारी थपिएको सरकारी दावी

    मंसिर २०, वासिङ्टन ।

    कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका कारण अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको यहाँको श्रम मन्त्रालयले शुक्रवार जनाएको छ ।

    विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् । 

    नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोवरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् । महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिक बेरोजगार बनेका थिए । 

    अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।- एजेन्सी । 

    २०७७, मंसिर २० शनिवार०७:२२:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार