नेकपा सचिवालय बैठक जारी 

नेकपा सचिवालय बैठक जारी 

२०७७, मंसिर २० शनिवार

  • 1.9K
    SHARES

  • नेकपा सचिवालय बैठक जारी 

    मंसिर २०, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बालुवाटारमा जारी रहेको छ । 

    आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनुअघि केहीबेर २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । के विषयमा अध्यक्षद्धय बीच छलफल भयो भन्ने कुरा खुलाइएको छैन । 

    मंसिर १६ गतेको बैठकमा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

    आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल शुरुभएको छ ।  गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेका थिए ।

    त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको मंसिर १३ गतेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

    सचिवालयका नेताहरु खास गरि ओली र प्रचण्डको झगडाले नेकपा सग्लो रहने हो की होइन सबैमा चासो र चिन्ता बढेको छ । 

     

    २०७७, मंसिर २० शनिवार०२:२३:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार