फागुन १८, काठमाडौं ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । आज दिउँसो बसेको बोर्डको बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो ।
गत माघ २३ गते रिक्त तीन पदमा रिजाल सहित ङावा ङिमा शेर्पा र कृष्ण शाह सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्यमा विप्लव पौडेल र पम्फा धमला रहेका छन् ।
राजनीतिक खिचातानीका कारण बोर्डमा १० वर्ष देखि उपाध्यक्ष चयन हुनसकेको थिएन । रिजालको चयनसँगै बोर्डले पुर्णता समेत प्राप्त गरेको छ ।
यसपटक सर्वसम्मत रुपमा पर्यटन बोर्डले उपाध्यक्ष चयन गरेर राम्रो सन्देश दिन सफल भएको बोर्डका सदस्य शेर्पाले बताए। बोर्डको कार्यकारी निर्देशकमा डा.धनन्जय रेग्मी छन्।