मंसिर २०, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बालुवाटारमा बसेको बैठकमा कुनै निश्कर्ष निस्किएन ।
बैठकले अध्यक्षद्धयको प्रतिवेदन भोलि १ बजे बस्ने स्थायी कमिटिमा पेश गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’