फागुन १९, काठमाडौं ।
नेपाल सरकार र नेत्रविक्रम चन्द(विप्लव)ले नेतृत्व गरेको वार्ताटोलीबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ ।
विषय केन्द्रित वार्तामा दुबै पक्ष समान धारणा नजीक पुगेको सरकार तर्फका वार्ताटोली सदस्य डा राजन भट्टराईले जनाएका छन् ।
आजै बिहान मात्र पहिलो वार्ता सम्पन्न गरेका दुवै पक्षहरु छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको पनि भट्टराईले जनाए ।