कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.6K
    SHARES

  • कांग्रेसले संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर पार्टीको निर्णय लिने

    फागुन २१, काठमाडौं । 

    नेपाली कांग्र्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । 

    कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको हो । 

    बैठकमा संवैधानिक, राजनीतिकलगायत विभिन्न कोणबाट छलफल भएको र समग्रमा कांग्रेसले लिने निर्णयले संविधान र लोकतन्त्र जनतालाई केन्द्रमा राख्नुपर्ने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा कांग्रेसले धैर्यतापूर्वक नहातिरिएर निर्णय लिनुपर्नेमा नेताहरुको एकमत रहेको उनले बताए । 

    यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले शुक्रबार बस्ने पार्टीको संसदीय दलको बैठकमा सांसदको राय–सुझाव लिएर निर्णय लिइने बताए । 

    बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रवक्ता शर्मालगायत सहभागी थिए । 

    २०७७, फाल्गुण २१ शुक्रवार०७:००:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार