अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.0K
    SHARES

  • अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा

    फागुन २१, महोत्तरी । 

    नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् ।

    महोत्तरीको बर्दिवासमा हिजो कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताएका हुन् ।

    अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए ।

    सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरे । 

    २०७७, फाल्गुण २१ शुक्रवार०७:२७:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार