पार्टी विभाजनको पिडा : कार्यालय विहिन बनेको युवासंघ नेपाल कार्यालय स्थापना गर्दै 

पार्टी विभाजनको पिडा : कार्यालय विहिन बनेको युवासंघ नेपाल कार्यालय स्थापना गर्दै 

२०७७, फाल्गुण २१ शुक्रवार

  • 2.3K
    SHARES

  • पार्टी विभाजनको पिडा : कार्यालय विहिन बनेको युवासंघ नेपाल कार्यालय स्थापना गर्दै 

    फागुन २१, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहसँग आवद्ध युवासंघ नेपालले कार्यालय स्थापना गर्ने भएको छ ।

    नयाँ वानेश्वर कृष्ण टावर नजिक आज शुक्रवार दिउँसो १ बजे कार्यालय उद्घाटन हुने संघका महासचिव रमेश आचार्यद्धारा जारी निमन्त्रणामा जनाइएको छ । कार्यालय अभावमा नवनिर्वाचित अध्यक्ष बचन बहादुर सिंह तथा पदाधिकारीहरुले पदभार समेत ग्रहण गर्न पाएका छैनन् ।  

    पार्टी एकताको लामो समय सम्म पनि संघको कार्यालय छुट्टै स्थान काठमाडौको बुद्धनगरमा रहेको थियो । लोकप्रिय, जुझारु र सबैको भरोसायोग्य संगठन भएकाले पार्टीले उपलव्ध गराएको सानो कोठामा मात्र स्थान अपुग हुने भन्दै आफ्नै श्रोत व्यवस्थापनका साथ छुट्टै कार्यालय खडा गरेर संघ बस्दै आएको थियो ।

    यद्यपि संगठनको एकता प्रक्रिया अगाडि बढे पश्चात सबै जनवर्गीय संगठनलाई नेकपाको पेरिसडाँडा भवनमा कार्यालय उपलव्ध गराइएको थियो । ५ महिना अघि मात्रै पार्टी निर्णयलाई स्विकार गर्दै संघ पेरिसडाँडा सरेको थियो ।

    तर समयक्रम सँगै पार्टीमा देखिएको विभाजनकारी दरार र गत पुष ५ गते पछि व्यवहारिक रुपमा पार्टी नै विभाजन भएको अवस्था छ । यस असहज अवस्थामा नेकपा धुम्बाराही कार्यालय ओली समूहको कार्यालय बन्दै आएको छ भने नेकपा पेरिसडाँडा भवन प्रचण्ड-माधव समूहले प्रयोग गर्दै आएको छ ।

    यसर्थ ओली समूहको युवासंघ नेपाललाई कार्यालय अभाव भएको हो । संघका संस्थापक अध्यक्ष केपी शर्मा ओली, केशव स्थापित हुँदै महेश वस्नेत, निरु पाल, राजिव पहाडी र तत्कालिन अध्यक्ष रमेश पौडेलसम्म यहि संगठनका संरक्षक रहेका कारण युवासंघ नेपालको लोकप्रियता कम नहुने बरु बढेर जाने संघका उपमहासचिव रामजी सापकोटाले बताए ।

    संघमा निर्वाचित हुने वित्तिकै ५ लाख युवालाई सदस्यता वितरण गरिने अध्यक्ष बचन बहादुर सिंहले उद्घोष गरिसकेका छन् यद्यपि उनको कार्यकाल समय थोरै भएको र लामो समयसम्म कार्यालय व्यवस्थापनमै समय खर्चिनु परेकोमा चुनौति भने देखिएको छ ।   

    हाल संघको सह-अध्यक्षमा किरण पौडेल र महासचिवमा रमेश आचार्य रहेका छन् । 

    २०७७, फाल्गुण २१ शुक्रवार०९:४०:०८

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार