महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.4K
    SHARES

  • महासचिव चन्द नवलपुरबाट सार्वजनिक

    फागुन २१, काठमाडौं ।

    सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । 

    विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए ।

    बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् । 

    जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेका जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गरेका प्रहरीले जनाएको छ ।

    आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनी नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गरेका हुन् । 

    २०७७, फाल्गुण २१ शुक्रवार१०:१२:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार