मंसिर २०, डोटी ।
नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित हुनुभएका सङ्घीय सांसद प्रेमबहादुर आलेमगर कोरोनामुक्त भएका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि हेम्स अस्पताल काठमाडौँको आइसोलेसन वार्डमा भर्ना भएका सांसद आलेमगरको आज परीक्षण गरिएको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलार्ए घर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
कोरोना सङ्क्रमण नेगेटिभ पुष्टि भएसँगै स्वास्थ्यमा सुधार भएको सांसद आलेमगरले बताए । उनले भने, “कोरोना सङ्क्रमण देखिँदा स्वास्थ्यमा समेत केही असहज महसुस तथा समस्या भएको थियो, उपचारपछि सुधार हुँदै गएको छ ।”
उनी केही हप्ता पहिले विभिन्न गाउँको भ्रमणमा निस्किएका थिए ।