तोलामा ९०० ले घट्यो सुनको मूल्य

तोलामा ९०० ले घट्यो सुनको मूल्य

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.1K
    SHARES

  • तोलामा ९०० ले घट्यो सुनको मूल्य

    फागुन २१, काठमाडौं ।

    पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।

    स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन  बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

    यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

    यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    २०७७, फाल्गुण २१ शुक्रवार०१:५७:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार