प्रतिष्ठान सिन्धुपाल्चोक समितिमा शिवराम भट्टराई 

प्रतिष्ठान सिन्धुपाल्चोक समितिमा शिवराम भट्टराई 

२०७७, फाल्गुण २३ आइतवार

  • 2.5K
    SHARES

  • प्रतिष्ठान सिन्धुपाल्चोक समितिमा शिवराम भट्टराई 

    चौतारा । भट्टराई कुलवंश प्रतिष्ठान सिन्धुपाल्चोक जिल्ला समिति गठन भएको छ ।

    शनिवार वागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भेलाले शिवराम भट्टराईको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको हो ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि वंश प्रतिष्ठानका केन्द्रीय सदस्य राजेश कुमार भट्टराई रहेका थिए भने प्रदेश सचिव पुष्पराज भट्टराई, सहसचिव जयप्रसाद भट्टराई, सूचना अधिकारी अजित कुमार भट्टराई साथै सदस्यहरु सुरज भट्टराई, अग्नि भट्टराई, रमेश भट्टराई लगायत जिल्लाका भट्टराई परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    यससँगै वागमती प्रदेशका सबै जिल्लामा प्रतिष्ठान समिति निर्माण भएका सुचना अधिकारी अजित भट्टराईले जनाएका छन् । 

    संसारका बन्धुहरुलाई एक अर्कासँग जोड्दै संस्कार र संस्कृतिको जगेर्नामा आफुहरु लागेको प्रदेश सहसचिव जय प्रसाद भट्टराईले बताए । वशिष्ठ ऋषिका सन्तान भएकाले यस सम्बन्धमा थप अध्ययनको क्षेत्र बनाउन सकियोस भन्ने अभिप्राय रहेको पनि उनको जोड थियो । 

    प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते काठमाडौंमा हुँदैछ भने केन्द्रीय महाधिवेशन चैत्र २० - २१ गते पोखरामा हुँदैछ । 

    b1.jpgb2.jpgb4.jpg

    २०७७, फाल्गुण २३ आइतवार०९:५२:२६

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार