नेकपा वैधानिकता बारेको निर्णय जनअपेक्षा विपरीत : मुख्यमन्त्री

नेकपा वैधानिकता बारेको निर्णय जनअपेक्षा विपरीत : मुख्यमन्त्री

२०७७, फाल्गुण २४ सोमवार

  • 1.4K
    SHARES

  • नेकपा वैधानिकता बारेको निर्णय जनअपेक्षा विपरीत : मुख्यमन्त्री

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा पार्टीको वैधानिकताबारेको निर्णय जनअपेक्षाविपरीत आएको बताएका छन् ।  

    हिजो बेदकोट नगरपालिका–१० स्थित चौधर नदीमा निर्माण हुने पक्की पुलको शिलान्यासमा उनले पार्टीसम्बन्धी निर्णयले अन्यौलता सृजना गर्ने कार्य गरेको बताए ।

    “त्यस निर्णयले खुशी दिएको छैन ।”, उनले भने, “नेकपाकै नामबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । उपनिर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन् । मनमा चिसो पसेको छ । देशलाई अन्योलतिर धकेलेको छ ।”

    “दुई पार्टीबीचको एकता जनअपेक्षानुरुप कार्य गर्ने, पटकपटक देखिने राजनीतिक अस्थिरताको अवस्थालाई अन्त्य गरी सरकारलाई स्थायित्व दिने र छरिएर रहेका कम्युनिष्टलाई एकत्रित गरी संयुक्त मोर्चा गठन गर्ने रहेको थियो ।”, उनले भने, “यिनै कुरालाई अघि सार्दै चुनावमा भोट माग्यौँ ।

    जनताले दुई तिहाई पुर्याए । संसद् विघटनको विषयलाई अदालतले पुनः स्थापन गरेर ट्रयाकमा ल्याउने कार्य गरेर खुशी भएका बेला पुनः राजनीतिक अन्यौलता कायम भएको छ ।”

    २०७७, फाल्गुण २४ सोमवार०७:३४:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार