आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिन्छ –सञ्चारमन्त्री गुरुङ

आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिन्छ –सञ्चारमन्त्री गुरुङ

२०७७, मंसिर २१ आइतवार

  • 1.1K
    SHARES

  • आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिन्छ –सञ्चारमन्त्री गुरुङ

    मंसिर २१, काठमाडौं । 

    सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए । 

    पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका आरोही मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किलीपेम्वा शेर्पालाई नेपालको राष्ट्रिय झण्डाका साथ बिदाइ गर्न शनिवार आयोजित कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आरोहण गरेर हिमाल आरोहीले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गरे । 

    मन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबाटै मुलुुकलाई सूचना प्रविधिमैत्री बनाउन सकिने स्पष्ट पारे ।

    उनले दोलखाको रोल्वालिङ हिमाल आरोहणका क्षेत्रमा नयाँनयाँ कीर्तिमान कायम राख्नेको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताए । 

    मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लागेका आरोहीलाई सफलताको शुुभकामना व्यक्त गरे । मिङ्मा, दावा र किलीले  सगरमाथाको पटकपटक आरोहण गरिसकेका छन् । 

    मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन आरोहण दलका सदस्यलाई आग्रह गरे ।

    बिदाइ समारोहमा सञ्चार  मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्कालगायत सहभागी थिए । 

    सो अवसरमा आरोहण दलका सदस्यलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरे भने गौरीशङ्कर गाउँपालिकाले रु दुई लाख सहायता उपलब्ध गराएको थियो ।

    दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङगाउँमा मात्रै ६५ जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

    २०७७, मंसिर २१ आइतवार०७:०३:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार