के नेकपा स्थायी कमिटिले पार्टीमा देखिएको समस्या निराकरण गर्ला ?

के नेकपा स्थायी कमिटिले पार्टीमा देखिएको समस्या निराकरण गर्ला ?

२०७७, मंसिर २१ आइतवार

  • 1.9K
    SHARES

  • के नेकपा स्थायी कमिटिले पार्टीमा देखिएको समस्या निराकरण गर्ला ?

    मंसिर २१, काठमाडौं ।

    सरकारका कृषि मन्त्री तथा नेता घनश्याम भुसालले केहि दिन अघि एउटा अन्तरवार्तामा भनेका थिए, "स्थायी कमिटिले राजनीतिक प्रतिवेदन बनाएर दिन्छ" नभन्दै सचिवालयबाट दुवै अध्यक्षका आरोप तथा प्रतिआरोप पत्र आज दिउँसो बस्ने स्थायी कमिटि बैठकमा प्रस्तुत हुँदैछन् । 

    ८६ दिन अगाडि पनि प्रमुख नेता बिचको झगडा स्थायी कमिटिले नै निवारण गरेको थियो । सो समयमा जस्तो दोस्रो तथा युवा पुस्ताका नेताहरुको दौडधुप भने यस पटक कम देखिएको छ । बरु गुटगत तथा समुहगत भेला बैठक बाक्लिएका छन् । 

    नेता शंकर पोखरेलले साझा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव अगाडी बढाउन आग्रह गरे पनि सुनुवाई भएन । उर्जा मन्त्री तथा नेता वर्षमान पुनका अनुसार प्रचण्ड अब नसहने बिन्दुमा पुगिसके । अब वारकी पारको अवस्थामा पुगेको जानकारी दिइरहेका छन् ।  

    पार्टीका काममा केन्द्रीत हुन जिम्मेवारी तोकिएका अध्यक्षले ४ महिना पछि हुने महाधिवेशनबाट नेतृत्व लिने अवसर छाडेर सत्तामा टांग छिराउन खोज्दा नै अहिलेको समस्या बढेको ओली समुहको भनाई छ । 

    पार्टीका प्रवक्ता हुन पर्नेमा एउटा समुह तथा खासगरि अध्यक्ष प्रचण्डको घर तथा डेरामा भएका गोप्य भेलाका निचोड नै पार्टीका निर्णयका रुपमा प्रचारप्रसार गर्न सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ व्यस्त देखिन्छन् । भुगोलको निर्वाचन क्षेत्रमा डा.बाबुराम भट्टराईलाई पराजित गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो ।

    तसर्थ नसकिने काममा लाग्नु भन्दा कसैको आशिर्वादमा सांसद तथा पार्टीमा कलह नै बढाएर भए पनि आफु सुरक्षित बन्न खोज्दा समग्र नेकपा नै ढलपलको अवस्थामा पुगेको पुर्व एमाले कार्यकर्ताको बुझाई छ । उनै श्रेष्ठले केहि दिन अगाडि आफु निकटका पत्रकारहरु जम्मा गरेर संगठन तथा कार्यालय नै कब्जा गर्ने गरि एकतर्फि ढंगले समाचार प्रकाशन गर्न दबाब दिएको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशन पश्चात प्रचण्ड-माधवको योजनामा आफुले काम गरेको उनले बताउनु परेको थियो । 

    मंसिर २० गते बसेको सचिवालय बैठकमा गृह मन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा मगर 'बादल' ले एउटा मात्र राजनितिक प्रस्ताव लेखनमा प्रस्ताव गर्दा नेता वामदेव गौतम र नारायणकाजीले आपत्ति जनाउनु पर्ने कुनै कारण थिएन भन्ने ओली समुहको बुझाई छ । थापा पुर्व माओवादी केन्द्रका प्रमुख नेता भए पनि आफ्नो निर्णयमा अडिग रहने शालिन नेतामा गनिन्छन् । यस्तै अडान राख्ने नेताकै प्रस्ताव भएका कारण उनको प्रस्तावलाई असफल पारिएको आशंका गरिएको छ ।

    पार्टीका अध्यक्ष हुँदै प्रधानमन्त्री समेत भइसकेका नेता माधव कुमार नेपाल, झलनाथ खनालको पाच्य नहुने लोभ र गै्रर्ह जिम्मेवारीपन एवं पार्टी एकताको मर्म बिपरित प्रचण्डको दौडधुप देखेरै होला, संक्रमणकालिन अवस्थाको परिस्थिति मुल्यांकन गर्दै सचिवालय पुर्णत: असफल भयो भनेर सामुहिक राजिनामा दिन महासचिव बिष्णु पौडेलले थकित मुद्रामा सचिवालय बैठकमै आग्रह गरेका थिए । 

    नेकपाको विवाद बढ्दै जाँदा सरकारलाई कर्मचारीतन्त्रले अल्झाउन थालिसकेको छ । एकतन्त्रीय शाहवंश नेपालमा चाहिँदैन भनेर बिदा गरेको १३ वर्ष नपुग्दै सडकमा लोकतन्त्रका विरुद्धमा नारा लाग्न शुरु गरिसकेका छन् ।

    जनता रोग र भोकले झन झन थला पर्दै गएको अवस्थामा बहुप्रतिक्षित नेकपा स्थायी समितिको बैठक आज बस्दैछ । अहिलेका पार्टीहरु मध्ये तुलनात्मकरुपमा यस पार्टीका दोस्रो पुस्ताका नेतालाई आफ्नो भविष्यका संवाहक ठान्ने जनताको संख्या उल्लेखनिय छ । 

    प्रधानमन्त्री ओलीले भने झैँ एकपटक अवसर पाइसकेकाहरु नेतृत्वबाट हट्नु पर्छ र दोस्रो तथा उर्जाशिल पुस्ताले देशलाई नेतृत्व गर्नु पर्छ । उनले हिजोको बैठकमा पनि संक्रमणकालिन अवस्थामा बहुमतले बल प्रयोग गरेर हटाउन नमिल्ने र आफु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट नहट्ने बताइसकेका छन् ।

    यस्तो अवस्थामा विधि र पद्धतिका कुरा गरेर नथाक्ने माधव-प्रचण्ड समुहका युवा नेता आफ्ना धुरी समातेरै बस्छन् या ऐतिहासिक सरकारलाई सफल पार्ने संजिवनी बुटी प्रदान गर्दै महाधिवेशन मार्फत शक्तिशाली नेता बन्न प्रयत्नरत रहन्छन्, नेकपाको भविष्य यसैमा निर्भर रहनेछ ।    

    २०७७, मंसिर २१ आइतवार१०:३०:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार