काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका ६० जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७२ जना कोरोनामुक्त भएका छन् भने निको हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको छ ।
हाल देशभर ९१५ जना आइसोलेसनमा र ४९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।