मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग

मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग

२०७७, चैत्र २ सोमवार

  • 3.5K
    SHARES

  • मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग

    काठमाडौँ ।
    वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधानसम्पादक पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

    काठमाडौँको चावहिलस्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ । पत्रकार रावलको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले मन्त्री आलेले रु २५ हजार आर्थिक सहयोग प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    शुरुमा कूल रु ५० हजार शल्यक्रिया खर्च हुने भनिए पनि सो क्रममा पत्रकार रावलको आन्दामा प्वाल परेपछि उनको थप शल्यक्रिया गर्नुपरेको पत्रकार रावलकी धर्मपत्नी राधिका कुँवर रावलले जानकारी दिए ।

    उनको उपचारमा अहिलेसम्म कूल रु तीन लाखभन्दा बढी रकम बिल आएको बताइएको छ । पत्रकार रावललाई नेपाल पत्रकार महासङ्घले पनि आर्थिक सहयोग गर्ने तयारी गरी रहहेको महासचिव रमेश विष्टले जानकारी दिए ।

    यसैगरी मन्त्री आलेले आजै टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइ रहेकी डोटीको शिखर नगरपालिका तिजालीकी सात महिने बालक शुसान्त साउदलाई रु १५ हजार आर्थिक सहयोग प्रदान गरे ।

    २०७७, चैत्र २ सोमवार०१:२०:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार