प्रधानसेनापति थापासँग राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको शिष्टाचार भेट

प्रधानसेनापति थापासँग राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको शिष्टाचार भेट

२०७७, चैत्र ४ बुधवार

  • 2.0K
    SHARES

  • प्रधानसेनापति थापासँग राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि सारा बेइसोलोव न्यान्तीले शिष्टाचार भेट गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटवार्ता राष्ट्र सङ्घमा नेपाली सेनाको सहभागितालगायत विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सो भेटवार्ताले नेपाली सेना र राष्ट्र सङ्घबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

    २०७७, चैत्र ४ बुधवार०७:२७:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार