प्रतिष्ठान काठमाडौं जिल्ला समितिमा ऋषवदेव भट्टराई

प्रतिष्ठान काठमाडौं जिल्ला समितिमा ऋषवदेव भट्टराई

२०७७, चैत्र ७ शनिवार

  • 5.3K
    SHARES

  • प्रतिष्ठान काठमाडौं जिल्ला समितिमा ऋषवदेव भट्टराई

    काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठान काठमाडौं जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  

    शनिवार वागमती प्रदेश समिति अध्यक्ष नारायण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ऋषवदेव भट्टराईको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्माण गरेको हो ।

    त्यसै गरि उपाध्यक्षमा रुद्र बहादुर भट्टराई र सम्झना भट्टराई(महिला), सचिव गणेश भट्टराई, कोषाध्यक्ष योगेन्द्र भट्टराई, सहसचिव ईश्वर भट्टराई, सदस्यहरु पुरुषोत्तम भट्टराई, परशुराम भट्टराई, युवराज भट्टराई, पवन भट्टराई, सिमा भट्टराई, मेघराज भट्टराई, पिताम्बर भट्टराई, मदन भट्टराई र इशा भट्टराई रहेका छन् ।

    कार्यक्रममा वागमती प्रदेश उपाध्यक्ष लिलादेवी भट्टराई, सचिव सुरज भट्टराई, कोषाध्यक्ष ज्ञान प्रसाद भट्टराई, सदस्यहरु अजित कुमार भट्टराई, अग्नी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

    यत्रतत्र छरिएर रहेका विविध संस्कार र परम्परा अपनाइरहेका सम्पूर्ण भट्टराई परिवारका अधिकतम संस्कारहरुमा एकरुपता ल्याउन लागिपरेको प्रमुख अतिथि नारायण भट्टराईले बताए ।

    Bhattarai Adhibeshan.jpg

    वंशावलीमा नाम र नम्बर समावेश गर्नु नै प्रमुख र महत्वपूर्ण कार्य भएकाले प्रदेश सँग समन्वय गर्दै अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष ऋषवदेव भट्टराईको भनाई थियो । 

    कार्यक्रममा वंश नं २१ का सुनोज भट्टराई लगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    २०७५ साल मंसिर २० गते गठन भएको तदर्थ समितिले रु २६,६६७/- आम्दानी गरि रु ५,२४७/- खर्च गरिकन रु २१,४२०/- रकम कोषमा बचत रहेकोे कोषाध्यक्ष योगराज भट्टराईले बताए ।

    त्यसै गरि काठमाडौं जिल्ला भित्रका केहि नगरपालिकाका समितिहरु गठन प्रक्रिया अगाडि बढेका र अन्य नगरपालिका समितिहरु पनि चाँडै गठन गरिने सचिव गणेश भट्टराईको भनाई थियो । 

    कार्यक्रममा कुल धन्वन्तरी चन्द्र प्रसाद भट्टराईले आरती गाएर कुल संस्कृतिका बारेमा बैदिक मन्त्र सहित आफ्ना भनाई राखेका थिए । 

    Aarati.jpg

    २०७७, चैत्र ७ शनिवार०७:३६:४१

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार