महानगरलाई कम्प्रेस्ड गारवेज ट्रक उपहार 

महानगरलाई कम्प्रेस्ड गारवेज ट्रक उपहार 

२०७७, मंसिर २२ सोमवार

  • 1.4K
    SHARES

  • महानगरलाई कम्प्रेस्ड गारवेज ट्रक उपहार 

    मंसिर २२, काठमाडौँ ।

    काठमाडौँ महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ ।

    “२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ आएकै समयमा उनले काठमाडौँ सरसफाइका लागि ट्रक उपहार पठाउने बताएका थिए, सोहीअनुरुप आइतवार उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको छ ।”

    यही १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले कामपाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका थिए ।

    त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए । ती ट्रकहरु यही मङ्सिर १६ गते काठमाडौँ ल्याइएका हुन् । ती ट्रकको मूल्य करिब रु १ करोड ९० लाख रहेको छ । 

    आइतवार कामपाका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे । त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गरेका थिए ।

    सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु यसको मुख्य विशेषता हो । सङ्कलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले  फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउँछ ।  

    २०७७, मंसिर २२ सोमवार०७:४५:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार