जिल्ला प्रशासन मकवानपुरद्धारा सभा, सम्मेलन निषेध

जिल्ला प्रशासन मकवानपुरद्धारा सभा, सम्मेलन निषेध

२०७७, चैत्र १० मंगलवार

  • 1.9K
    SHARES

  • जिल्ला प्रशासन मकवानपुरद्धारा सभा, सम्मेलन निषेध

    वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।

    कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।

    साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

    २०७७, चैत्र १० मंगलवार०८:२५:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार