प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो

प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो

२०७७, चैत्र ११ बुधवार

  • 1.2K
    SHARES

  • प्रदेश नं १ मा १३ मा कोरोना सङ्क्रमण देखियो

    विराटनगर । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् । प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् । 

    यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड–१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।

    २०७७, चैत्र ११ बुधवार०६:२२:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार