मंसिर २२, काठमाडौं ।
पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।