संसारभरि छायो बालुवा निकाल्दै गरेको डोजरको तस्बिर

संसारभरि छायो बालुवा निकाल्दै गरेको डोजरको तस्बिर

२०७७, चैत्र १४ शनिवार

  • 1.9K
    SHARES

  • संसारभरि छायो बालुवा निकाल्दै गरेको डोजरको तस्बिर

    गत मंगलबारदेखि भूमध्यसागर र रेड सीलाई जोड्ने स्वेज नहरमा आवातजावत बन्द छ। एभर गिभन नामको बडेमानको जहाज फसेकाले युरोप र एसिया जोड्ने यो नहरमा आउजाउ बन्द भएको हो।

    आउजाउ बन्द भएसँगै उक्त नहरबाट हुने दैनिक  झन्डै १० अर्ब डलर बराबरको व्यापार रोकिएको छ। यही नहरबाट विश्वव्यापारको १२ प्रतिशत व्यापार हुने गरेको थियो। फसेको पानीजहाज तत्काल निकाल्न नसके धेरै देशमा पेट्रोलियम पदार्थसहित अन्य वस्तुको भाउ बढ्न सक्नेछ। किनकी नहरमा जहाज हिँड्न नसकेपछि दुबैतिर पानीजहाजले दक्षिण अफ्रिका हुँदै सामान ओसार्नु पर्ने छ। त्यसो गर्दा एकातिर दूरी बढ्नेछ र अर्कातिर समय धेरै लाग्नेछ।

    Dozer in sea 1.jpg

    इजिप्टका अधिकारीहरूले नेदरल्यान्ड र जापानका विज्ञहरू ल्याएर फसेको जहाज निकाल्न खोजिरहेका छन्। तर सफलता हात परेको छैन। बरू एउटा डोजरले बडेमानको पानीजहाज फसेको ठाउँबाट बालुवा निकाल्दै गरेको तस्बिर अहिले संसारभरि भाइरल भइरहेको छ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताले बडेमानको जहाजका अगाडि एउटा फुच्चे डोजरले काम गरिरहेको तस्बिरलाई प्रयोग गरेर मिम बनाएका छन्। -एजेन्सी । 

    २०७७, चैत्र १४ शनिवार१२:५२:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार