प्रदेश–१ प्रदेशसभा बैठक चैत २३ गते

प्रदेश–१ प्रदेशसभा बैठक चैत २३ गते

२०७७, चैत्र १६ सोमवार

  • 2.4K
    SHARES

  • प्रदेश–१ प्रदेशसभा बैठक चैत २३ गते

    मोरङ । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ । 

    प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आइतवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

    २०७७, चैत्र १६ सोमवार०७:०६:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार