संरचना बनेपछि राजधानी सार्न सुझाव

संरचना बनेपछि राजधानी सार्न सुझाव

२०७७, मंसिर २३ मंगलवार

  • 1.9K
    SHARES

  • संरचना बनेपछि राजधानी सार्न सुझाव

    मंसिर २३, काठमाडौं ।

    स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजान प्रदेश सरकारलाई सुझाव दिइएको छ ।

    रिपोर्टर्स क्लब, लुम्बिनी प्रदेश बुटवलद्वारा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा सत्ता र प्रतिपक्षका प्रदेशसभा सदस्यले लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको बताएका थिए ।

    उनीहरुले बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवाङको अस्थायी संरचनामै कार्यालयहरु लैजाँदा राज्यलाई करोडौँको आर्थिक भार पर्ने भएकाले उपयुक्त स्थायी संरचना निर्माणपछि मात्रै सरकारका संरचनाहरु लैजाँदा उपयुक्त हुने धारणा व्यक्त गरे ।

    कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामकरणपछि सरकारको दायित्व पूरा नभएको उल्लेख गर्दैै नयाँ ठाउँमा राजधानी स्थापना गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए ।

    उनले नेकपा विवाद कुनै सैद्धान्तिक र वैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रित भएको टिप्पणी गरे ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशमा सत्ता पक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी स्थापना र व्यवस्थित गर्न समय लाग्ने बताए ।

    उनले दीर्घकालीन संरचना निर्माण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको उल्लेख गर्दै बुटवलबाट राजधानी सरे पनि आर्थिक केन्द्र बुटवलमा नै रहने दाबी गरे । 

    २०७७, मंसिर २३ मंगलवार०७:१८:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार