कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

२०७७, चैत्र २१ शनिवार

  • 1.1K
    SHARES

  • कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।

    समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन ।

    एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि ।”

    २०७७, चैत्र २१ शनिवार०५:२२:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार