थप १२८ मा कोरोना सङ्क्रमण ,१ को मृत्यु

थप १२८ मा कोरोना सङ्क्रमण ,१ को मृत्यु

२०७७, चैत्र २१ शनिवार

  • 2.2K
    SHARES

  • थप १२८ मा कोरोना सङ्क्रमण ,१ को मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।  

    पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६१ जना छन् । योसँगै उपचार पछि निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलब तीन प्रतिशत रहेको छ ।

    अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६१३ रहेका छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् ।

    हालसम्म नेपालमा २२ लाख ८१ हजार ८३२ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    २०७७, चैत्र २१ शनिवार०६:५६:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार