पोखरा । भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा शेरवहादुर भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
तिन वर्षे कार्यकालका लागि उनको नेतृत्वमा १०१ सदस्यीय कार्यसमिति चयन भएको हो । संस्थापक अध्यक्ष समेत रहेका भट्टराई वि.सं २०५० सालदेखि निरन्तर रुपमा अध्यक्ष रहेका छन् ।

शनिवार साँझ पोखरामा सम्पन्न भएको २७ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनबाट सह-अध्यक्षमा दुर्गा प्रसाद भट्टराई, उपाध्यक्ष(खुल्ला) दिनेश कुमार भट्टराई, उपाध्यक्ष महिला कृतिका भट्टराई र पुष्पा भट्टराई, प्रदेश उपाध्यक्षहरु युवराज भट्टराई (प्रदेश १), रमेशकुमार भट्टराई (प्रदेश २), टिकाराम भट्टराई (वागमती प्रदेश), रमेश बहादुर भट्टराई(गण्डकी प्रदेश), परशुराम भट्टराई (लुम्बिनी प्रदेश), यज्ञप्रसाद उपाध्याय भट्टराई (कर्णाली प्रदेश), दुर्गा प्रसाद भट्टराई (सुदुर पश्चिम प्रदेश), महासचिव चन्द्र प्रसाद भट्टराई, सचिवमा जिवराज भट्टराई, लोकनाथ भट्टराई र ओमप्रकाश भट्टराई, कोषाध्यक्ष मनोज कुमार भट्टराई, लेखासमिति संयोजक भिम चन्द्र भट्टराई, सदस्यहरु मातृका प्रसाद भट्टराई र शालिकराम भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै ३५ खुल्ला सदस्य, सातै प्रदेशबाट ३ पुरुष र २ महिला गरि ३५ प्रदेशगत सदस्य सहितको कार्यसमिति चयन भएको हो ।
शुक्रवार र शनिवार दुई दिन चलेको महाधिवेशनमा देश तथा विदेशबाट ५६३ जना प्रतिनिधि र २५० जना पर्यवेक्षक गरि ८०० जना भन्दा बढीको सहभागिता रहेको केन्द्रीय सदस्य चित्र बहादुर भट्टराईले बताए ।
"संसारभर छरिएररहेका भट्टराईहरुलाई एउटै मालामा उन्दै संस्कार र संस्कृतिको जगेर्नामा अगाडि बढिनेछ । सातै प्रदेशमा अखण्डदिप प्रज्वलित गरिने छ । वंशावली दर्पणलाई अत्याधुनिक प्रविधिबाट थप व्यवस्थित गरिने छ । गुरुकुल विद्यालयलाई थप विस्तार गर्दै अगाडी बढ्ने छौं" नवनिर्वाचित अध्यक्ष भट्टराईले बताए ।
हाल प्रतिष्ठानको केन्द्रीय कार्यालय झापामा रहेको छ ।



