गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

२०७७, चैत्र २६ बिहिवार

  • 1.5K
    SHARES

  • गण्डकीका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

    गण्डकी । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए ।

    प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको जानकारी दिँदै उनले यसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको बताए ।

    उनका अनुसार  सात हजार ७०० अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिएको छ । ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।–––

    २०७७, चैत्र २६ बिहिवार०२:५७:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार