बिएफआइएन साधारण शेयर बिक्री गर्ने

बिएफआइएन साधारण शेयर बिक्री गर्ने

२०७७, चैत्र २७ शुक्रवार

  • 2.8K
    SHARES

  • बिएफआइएन साधारण शेयर बिक्री गर्ने

    काठमाडौँ । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ ।

    सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्  ।  

    बिएफआइएनले विहिवार एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो । कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । 

    २०७७, चैत्र २७ शुक्रवार०६:५६:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार