हङकङद्वारा कोभिड–१९ नियन्त्रणका लागि पुनःथप कडाइ गर्दै

हङकङद्वारा कोभिड–१९ नियन्त्रणका लागि पुनःथप कडाइ गर्दै

२०७७, मंसिर २४ बुधवार

  • 1.2K
    SHARES

  • हङकङद्वारा कोभिड–१९ नियन्त्रणका लागि पुनःथप कडाइ गर्दै

    मंसिर २४, बेइजिङ ।

    हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।

    हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताए । 

    महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ ।

    हङकङमा गत हप्ताभरीमा ६६१ जना सङ्क्रमित भएको बताइएको छ । सङ्क्रमितहरूमा पाका उमेरका व्यक्ति मात्र नभई अधबैसै तथा किशोरकिशोरीका साथै केही बालबालिका पनि रहेको उनले बताए । -एजेन्सी । 

    २०७७, मंसिर २४ बुधवार०६:४८:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार