काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये काठमाडौँमा १५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।