प्रदेश सदन स्थगन

प्रदेश सदन स्थगन

२०७७, चैत्र ३१ मंगलवार

  • 3.2K
    SHARES

  • प्रदेश सदन स्थगन

    विराटनगर । प्रदेश–१ को प्रदेशसभाको सोमवारको बैठक दैनिक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ ।

    हिजो दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिला भएर अपराह्न २ बजे उपसभामुख सरस्वती पोखरेलले सञ्चालन गर्न खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका सांसदले सदनमा उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले जानकारी दिइन् ।

    अर्को बैठक २०७८ वैशाख ५ गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिइन् । 

    २०७७, चैत्र ३१ मंगलवार०७:१४:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार